काठमाडौं । बर्दियामा टिपरको ठक्करबाट आगो तापिरहेका २ जनाको मृत्यु भएको छ । जिल्लाको बढैयाताल गाउँपालिका–३, सतपतियामा हिजो बेलुका करिब ८ बजे भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो ।
दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।
सोही दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको सोही नर्सिङहोममा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु