हराएको २४ लाख कोरोना खोप खोज्न छानविन समिति गठन

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १९ : ११
हराएको २४ लाख कोरोना खोप खोज्न छानविन समिति गठन

काठमाडौँ । हराएको भनिएको २४ लाख डोज खोजी गर्न सरकारले छानविन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविनका लागि ५ सदस्यीय समिति बनाएको हो।मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा उक्त छानविन समिति गठन भएको हो।

लोहनीले दुई हप्ताभित्र आफूहरुले हराएको खोपबारे खोजीनीति गर्ने मुख्य जिम्मेवारी रहेको बताए। यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले दुई हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन्। 

कोरोना महामारी बढेसँगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप हराएको खबर बाहिरिएको थियो। उक्त खबर बाहिरिएपछि सरकारको चर्को आलोचना भएको थियो। मन्त्रालयले यसबारे एकीन जवाफ दिन नसकिरहेका बेला छानविन समिति नै बनाएको हो। 

प्रतिक्रिया दिनुहोस