काठमाडौं । साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ । आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।
आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ ।
सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार