काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताए । भर्चुअल माध्यममा भएको विपद् न्यूनीकरणसम्बन्धी कार्यक्रममा आज गृहमन्त्री खाँणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए।
मुलुकका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाँणले पुर्खाले अवलम्बन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरेका छन्। गृहमन्त्री खाँणले भवन निर्माणको मापदण्ड पालना गर्न आग्रह गरे । पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको र नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताए ।
गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रियरूपमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाँणले निर्देशन दिए । उनले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्नसमेत उहाँले आग्रह गरे ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणालीजस्ता नवीन प्रविधिहरूको प्रयोग विपद्को न्यूनीकरणमा लगाउन आवश्यक रहेको बताए । समयमै सानो सावधानी अपनाएमा ठूलो विपद्बाट जोगिन सक्ने उनको भनाइ थियो । यस विषयमा मन्त्रालय सकारात्मक रहेको गृहसचिव पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ माघ २०७८, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ? भन्दै रास्वपालाई गृहमन्त्रीको प्रश्न
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
गृहमन्त्रीलाई रास्वपाको प्रश्न - मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ?
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
सभामुख र गृहमन्त्रीबिच छलफल
गृहमन्त्रीको ‘सेटिङ न्याय’ : पक्राउ पनि सेटिङमै, रिहा पनि सेटिङमै !