एजेन्सी । चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ । कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन् ।
करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो । त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए ।
चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ माघ २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु