काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।
प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेल र सदस्यका रुपमा नेपाल सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्री सहभागि छन् ।
‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेडद्वारा माथि उल्लेखित विषयमा मन्त्रीज्युहरुको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम भैरहेको छ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारकारमा माओवादीका तर्फबाट ५ मन्त्री र एक राज्यमन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण