काठमाडौं । पछिल्लो साता शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने सामान्य अंकले वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेर २ हजार ७७९.९८ विन्दुमा झरेको छ । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको थियो । तर, नेप्से परिसूचकमा गिरावट आए पनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको एक करोड ४७ लाख चार हजार कित्ता शेयर सात अर्ब तीन करोड आठ लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक १०० अंकको हाराहारीमा गिरावट आएको थियो । उक्त दिन ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो । यसरी सोमबार कारोबारमा आएका २२८ कम्पनीको एक करोड ७० लाख ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार भने नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको थियो । उक्त दिन परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको थियो ।
मंगलबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ अंकमा पुगेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ ।
पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि गिरावट आएको छ । गत साता एक खर्ब पाद्ब अर्ब ४१ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पत्ति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री बडू
नागरिकका सुझावः ‘आइपीओ निःशुल्क भर्नेदेखि व्यक्तिगत आयकरको सीमा ८ लाखसम्म’
गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
जलविद्युत् कम्पनी गाभिँदै, रिडी र रैराङ हाइड्रोपावरबीच सम्झौता