परराष्ट्रले जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, १२ : २८
परराष्ट्रले जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा गरेको कामको ४९ बुँदे सूची सार्वजनिक गरेको छ । जसमा परराष्ट्रमन्त्री शिशिर खनालले गरेको भारत र चीन भ्रमणको विषय लगायतका विषय समावेश छ ।

भारतका विदेशमन्त्री एस. जयशकंरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले २०८३ साल जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसक्रममा विकास सहकार्य, व्यापार, ऊर्जा र जनस्तरको सम्बन्धबारे द्विपक्षीय वार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले जनवादी गणतन्त्र चीनका विदेश मन्त्रीको निमन्त्रणामा २०८३ जेठ ३१ देखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस