प्याव्सनले भन्यो– माघ २३ गतेदेखि आलोपालोमा विद्यालय खोलौँ

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १९ : ४०
प्याव्सनले भन्यो– माघ २३ गतेदेखि आलोपालोमा विद्यालय खोलौँ


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) ले परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेको हो ।

प्याब्सन केन्द्रीय कार्यसमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर २३ गतेदेखि खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न, आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने, पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको केन्द्रीय अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।

उनले भने ‘सबै क्षेत्र चलेको छ । विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । तथापि कोरोना संक्रमण दर यही दरमा रह्यो भने नहोला तर घटेको अवस्था भयो भने खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुप¥यो भनेर माग गरेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस