राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १६ : २६
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह)  निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।

निर्वाचन आयोगले शाह निर्वाचित भएको आधिकारिक घोषणा भने गरेको छैन । सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस