क्रिप्टो, हाइपर फण्डजस्ता नेटवर्क कारोबार अवैध : बैंकर्स संघ

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १३ : १३
क्रिप्टो, हाइपर फण्डजस्ता नेटवर्क कारोबार अवैध : बैंकर्स संघ

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार/व्यवसाय गैरकानूनी भएको जनाएको छ ।

संघले एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानूनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेको हो । त्यस्तो कारबोबार गरेको पाइए कानूनबमोजिम कारबाही हुने संघले प्रष्ट्याएको छ ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/ भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’, संघको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस