कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु : यस्तो छ मतभार

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १० : ३३
कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु : यस्तो छ मतभार

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सुर्खेतस्थित दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब सुब्बा हिरानन्द पोख्रेलले बताए । ‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसकेका छन् ।तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट ९सुर्खेत० अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ ९सुर्खेत० महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा ९सल्यान० अन्यबाट उम्मेदवार रहेका छन् भने, नेकपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी ९दैलेख० अन्य र गंगा थापा महत ९जुम्ला० महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् । मतदान सकिने विक्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ । 

 
यस्तो छ मतभार
कर्णालीमा प्रदेशसभाका ३५ सांसद र ७९ पालिकाका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्ने छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुखरउपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ ।

स्थानीय तहका प्रमुख(उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा ९माओवादी केन्द्र० सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख(उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

 माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा९एमाले० का स्थानीय तहका प्रमुख(उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउँछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो ।     

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख(उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा ९एकीकृत समाजवादी० मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

प्रतिक्रिया दिनुहोस