काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो ।
सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे÷नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् । यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ माघ २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप
काठमाडौँमा दुई लाख बढी बालबालिकाले लगाए रुबेला–दादुराविरुद्धको खोप
आज देखी देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइदैँ
वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि सुरु हुँदै
पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार किशोरीलाई खोप
दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि