रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, १० : ४६
रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार

काठमाडौँ । पछिल्लो समय रियालटी शोको थुप्रै हुन  थालेका छन् । यहि भिडमा ‘सिङ्गर : सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।

फ्रेन्च आइज रियालिटी शोहरुको दबदबा रहेको समयमा   आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक श्याम धितालले जानकारी दिए । धितालले भने ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’ । विजेताले नगद २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाई रहेको छ । 

नेपाली गीतसंगीतमा आफ्नो परिचय स्थापित गरि सकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ । आगामि बैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस