कोरोना अपडेट: थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १६ : १३
कोरोना अपडेट:  थप १० हजार ३१९ जनामा  संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६५४ र एन्टिजेन विधिबाट ४ हजार ४५७ जनामा परिक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप २ हजार ५४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको जानकारी छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस