काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यापार व्यवसाय सञ्चालन गर्दा सतर्क बन्न सबैमा आग्रह गरेको छ । कोरोना महामारीको तेस्रो लहरले डरलाग्दो रुप लिएपछि मन्त्रालयले व्यापार व्यवसाय गर्ने सबैलाई सचेत रहन आग्रह गरेको हो ।
व्यापारमा संलग्नहरुलाई अनिवार्य मास्क लगाउन र ग्राहकसँग भौतिक दूरी कायम गर्न भनिएको छ । कुनै सतह वा सामान छोएपछि वा रकमको लेनदेन गरेपछि स्यानिटाइजरको प्रयोग गर्न वा साबुनपानीले हात धुन, भीडभाड हुन नदिन भुईंमा रंगीन टेप, रंग वा चकले गोलो घेरा वा संकेतहरू बनाउन सुसुचित समेत गराइएको छ ।
साथै, हातले धेरै छुने सतह र उपकरणहरू दैनिक निसंक्रमण गर्न, हावा ओहोरदोहोर हुनदिन आफ्नो पसल, रेष्टुरेन्ट वा कार्यस्थलको ढोका, झ्याल र भेन्टिलेटर खुल्लै राख्न, मानिस-मानिसबीचको सम्पर्क कम गर्न, सम्भव भएसम्म अनलाइन भुक्तानी र होम डेलिभरीलाई प्राथमिकता दिने कार्यलाई अवलम्बन गरेर कोरोना संक्रमण न्यूनीकरणमा सघाउ पुर्याउन मन्त्रालयले अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
५ दिनभित्र जेन जेड घाइतेहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय