ललितपुर महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, २१ : २६
ललितपुर महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौँ । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरू र जनप्रतिनिधिहरू समेत सङ्क्रमित भई उपचार एवं होम आइसोलेसनमा रहेको जनाएको छ ।

यसरी अधिकांश कर्मचारीहरू सङ्क्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा), दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ, नगर प्रहरी बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस