चितवन । चितवनको टिकौलीमा एक पुरुषको शव फेला परेको छ । भरतपुर टाँडी टिकौली जंगल सडकखण्डबाट पश्चिमतर्फ मृतकको शव फेला परेको हो ।
आज (आइतबार) दिउँसो करिब १ बजेको समयमा चितवन राष्ट्रिय निकुञ्जको जंगल ईलाकामा पहिचान नखुलेको अन्दाजी ५५ देखि ६० बर्ष उमेर समुहको कालो ज्याकेट , कालो सेतो उलनको सर्ट,हरियो रंगको कपडाको पाइन्ट लगाएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलमा शव अनुहार, घाँटी, छातको भाग जंगली जनवारले खाएको जस्तो अवस्थामा देखिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले मृतकको शव पोष्टमार्टमकोलागी भरतपुर सरकारी अस्पतालको शव गृहमा सुरक्षित राखिएकोले चिन्नु भएमा निजको आफन्तलाई जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु