काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीहरूको निर्वाचन गर्ने जानकारी गराएका हुन् ।
सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र तत्कालीन परिस्थितिको समीक्षा गरेर थप निर्णय लिइने प्रचण्डले भनेका छन् ।
यसअघि २५ र ८ माघका लागि बोलाइएको बैठक कोरोनाको कारण स्थगित भएको थियो ।आगामी स्थानीय तहदेखि प्रतिनिसभा सदस्य निर्वाचनको विषयमा पनि बैठकमा छलफल गर्ने अध्यक्ष प्रचण्डले परिपत्रमा उल्लेख गरेका छन् । उनले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।
प्रचण्डद्वारा जारी परिपत्रः-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड