मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, ११ : ३३
मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको  अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको प्रस्ट पारेका छन् ।

‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनीय गतिविधी पनि निन्दनीय रहेको शान्ति समाजले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस