स्थानीय निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, १७ : २७
स्थानीय निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए ।

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

‘यो त्यसै बनेको गठबन्धन सरकार होइन, यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’

प्रतिक्रिया दिनुहोस