चितवन । कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो ।
अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो ।
अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ । बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाईएको छ ।
यस्तै बिरामीका कुरुवाले पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न अस्पतालले आग्रह गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिडबाट सङ्क्रमित भइरहेको जनाउँदै अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा समेत कठिनाइ भएको जनाएको छ । पछि उपचार गरेर हुने बिरामीलाई उपचार समय पछाडि सार्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ माघ २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’