माओवादीको स्थायी कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, ०८ : १३
माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक स्थगित गरेर शनिबारका लागि स्थायी समितिको बैठक बोलाएको छ ।देशभर कोरोना महामारी फैलिएपनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति स्थगित गर्ने निर्णय माओवादीले गरेको थियो । 

माओवादीले केन्द्रीय समितिको अर्को बैठक अवस्थामा सामान्यतर्फ अघि बढेपछि मात्रै बस्ने जनाएको छ ।  तर पार्टीको आन्तरिक विषय र समसामयिक विषयमा छलफलका लागि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाइएको सो पार्टीले जनाएको छ । आजै आयोगका अध्यक्षहरुको बैठक पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस