गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, २० : ०२
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई आग्रह गरेको छ ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल सहितको संयुक्त गठबन्धनको समर्थनमा कृष्ण प्रसाद पौडेल (चुनाव चिन्ह रुख) र गोमा तिमल्सिना (चुनाव चिन्ह कलम) ले साझा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले जारी गरेको विज्ञप्तिमा गठबन्धनको समझदारी र नेकपा (माओवादी केन्द्र) को निर्णय अनुसार पार्टीका बागमती प्रदेशसभा सदस्यहरु एवं महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै प्रमुख÷अध्यक्ष र उपप्रमुख(उपाध्यक्षहरुलाई गठबन्धनका दुवै उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस