बैतडी । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो ।
बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते