काठमाडौं । तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएसँगै आजका लागिसत्तारुढ गठबन्धन बैठक बोलाइएको छ । बैठक दिउँसो ४ बजे बस्नेछ ।
बिहीबारका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।
शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दलका नेताको बैठक जारी