तीन दिनभित्र काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दावी

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, २० : ३०
तीन दिनभित्र काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दावी

File-photo

काठमाडौं । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् । 

कोभिड १९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताएका हुन् । औषधि व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको उनको भनाइ छ । 

श्रेष्ठका अनुसार औषधि व्यवस्था विभागमा बुधबार मात्रै उद्योगी, व्यवसायीसहित सरोकारवालाको बैठक बसेको थियो । नेपाल औषधि व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने छ ।

सिटामोल र प्यारासिटामोल उत्पादन गर्ने स्वदेशी र विदेशी गरी ३७ वटा कम्पनीले आपूर्ति बढाउन थालेको श्रेष्ठले बताए । 

आपूर्तिको तुलनामा माग बढेकाले अभाव हुनु स्वभाविक भएको बताउँदै अध्यक्ष श्रेष्ठले आवश्यकता भन्दा बढी स्टोर नगरिदिन अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस