तीन दलका प्रमुख नेताबीच बालुवाटारमा भेटवार्ता, सत्तारुढ गठबन्धनको बैठक भोलि बोलाइयो

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १८ : ५२
तीन दलका प्रमुख नेताबीच बालुवाटारमा भेटवार्ता, सत्तारुढ गठबन्धनको बैठक भोलि बोलाइयो

काठमाडौँ । तीन दलका प्रमुख नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । 

कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ । 

शीर्ष नेताहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रचण्डको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने बताइएको छ।  

प्रतिक्रिया दिनुहोस