होटल तथा पार्टि प्यालेसले भारतबाट आयातित अस्वस्थ्यकर माछा खुवाउने गरेको खुलासा

अब होटलको माछा नखाने अनुगमन अधिकारीहरुको भनाई

प्रकाश सिग्देल

मंगलबार, ०४ माघ २०७८, १८ : ११
होटल तथा पार्टि प्यालेसले भारतबाट आयातित अस्वस्थ्यकर माछा खुवाउने गरेको खुलासा

चितवन । बजारका होटल तथा पार्टि प्यालेसहरुले अस्वास्थ्यकर भारतबाट आयातित माछा खदिरगरी ग्राहकलाई खुवाउने गरेको तथ्य फेला परेको छ ।केन्द्रिय मत्सय सरंक्षण तथा प्रर्वद्दन निर्देशनालय बालाजुका प्राबिधिकहरु सहित चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माको नेत्रित्वमा गरिएको संयुक्त माछा बजार अनुगमनका क्रममा यस्तो तथ्य खुलेको हो ।

बालकुमारी तरकारी बजारमा रहेको राजकपुर श्रेष्ठको माछा पसलमा बिक्रीका लागि राखिएको आज मात्रै भारतबाट ल्याईएको ७० किलो माछा परिक्षण गर्दा कुहेको भेटिएपछि सोधपुछ गर्दा यस्तो खुलेको हो ।

नारायणगढको बालकुमारी तरकारी बजारमा बिगत १५ वर्ष देखि माछाको ब्यापार गर्दै आएका राजकपुर श्रेष्ठले यहाँका पार्टि प्यालेस तथा होटलहरुले भारतबाट आयातित माछा मात्रै खोज्ने गरेकाले आफुुले भारतबाट माछा ल्याएर बिक्री गर्न बाध्य भएको बताए ।

नेपालमा उत्पादित माछा सानो र महंगो पनि पर्ने गरेकाले भारतबाट आएकै माछा यहाँका व्यवसायीले खोजेपछि होटल ब्यवसायीको चाहाना अनुरुप आफुहरु यस्तो गर्न बाध्य भएको उनको भनाई थियो ।

उनको पसलबाट कुहि सकेको माछालाई बरामद गरि नष्ट गरिएको र उसलाई मुद्दा चलाएर जरिवाना समेत हुने अनुगमन अधिकारी तथा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी शर्माले बताए ।

अनुगमनका क्रममा केन्द्रिय मत्सय सरंक्षण तथा प्रर्वद्दन निर्देशनालय बालाजुका प्राबिधिकहरुले बालकुमारी तरकारी बजार र कमल नगरका माछा पसलका माछामा फर्मालिन परिक्षण गरेका थिए । सो क्रममा फर्मालिन भने नदेखिएको शर्माले बताए ।

नेपाली माछामा खासै समस्या नभएको र भारतबाट धेरै दिन लगाएर ल्याउदा माछा बिग्रेको फेला परेको उनको भनाई छ ।बजारमा अस्वास्थ्यकर माछा मासु अयात तथा बिक्री हुन कुनै पनि हालतम नदिईने र त्यस्तो गर्ने लाई कानुन बमोजिम कारबाही हुने शर्माले बताए ।

जिउँदो आँखै अगाडी काटेको बाहेक अरु माछा खान नहुने रहेछ भनेर आफुलाई अनुभुति भएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख यादवनाथ आचार्यले बताए ।

होटल पार्टि प्यालेसका लागि भन्दै भारतबाट भित्राईएका माछामा फर्मालिन फेला नपरेपनि अस्वस्थ्यकर हुने रहेछन् भन्ने कुरा प्रष्ट संग देखिएको र अनुभुति समेत गरेको उनको भनाई छ । माछा पसलहरु निकै फोहोर र अस्थ ब्यस्थ रहेकाले व्यवस्थापन गर्नुपर्ने देखिएको र सफा गरी बिक्री गर्न निर्देशन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।

नेपाल मत्सय व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले माछामा चितवन आत्मनिर्भर रहे पनि धेरै फाईदा खाने नाममा भारतबाट धमाधम माछा आयात हुने रहेछ भन्ने कुरा आफुले पनि अनुगमनमा देखेको बताए । यसलाइ नियन्त्रणका लागि आफुहरुले पनि ध्यान दिन आवस्यक रहेको उनको तर्क छ ।

होटल व्यवसायीले केहि बढि फाईदा कमाउने नाउमा क्वालिटि भन्दा क्वान्टिटीमा जोड गरेकाले उनिहरुकै कारण भारतबाट माछा अयात बढेको उनको दाबी छ । किसान माछा बेच्न नपाएर बसिरहेको अवस्थामा यसरी अस्वस्थ्यकर माछा बिक्री हुनु द्खद भएको तर्क तामाङले गरे ।  

 

 

 

प्रतिक्रिया दिनुहोस