महामारीको समयमा यी अर्बपतिको सम्पत्ति  दोब्बरले बढेको बढ्यै

एजेन्सी

मंगलबार, ०४ माघ २०७८, ०८ : ४६
महामारीको समयमा यी अर्बपतिको सम्पत्ति  दोब्बरले बढेको बढ्यै

एजेन्सी । महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । प्रतिवेदनअनुसार गरिबीका कारण विश्वभर २१ हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ ।

तर महामारीको समयमा भने संसारका १० धनाढ्यको सम्पत्ति भने दोहोरिएको छ । सन् २०२० पछि १० धनाढ्यहरुको सम्पत्ति दोब्बरले बढेको हो । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुमा अक्सफामले विश्वव्यापी असमानताबारे प्रतिवेदन सार्वजनिक गरेको हो ।

‘यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको ९९ प्रतिश जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन,’ अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीसकान्डराजाहले भने ।

फोब्सको तथ्यांकअनुसार एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नअल्ट, बिल गेटेस, लारी इलिसन, लारी पेज, सर्जी ब्रिन, मार्क जुकरबर्ग, स्टेभ बाल्मर र बारेन बफेट जस्ता १० धनाढ्यको सम्पत्ति महामारीको समयमा तीव्र बढेको छ ।

प्रतिक्रिया दिनुहोस