एजेन्सी । पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ ।
यो पछिल्लो बृद्धि कोभिड १९ को पाँचौं लहरको कारणले भएको जनाइएको छ । कोभिड १९ सङ्क्रमण यसवर्ष मार्चको मध्यमा शिखरमा पुग्ने डन अखबारले जानकारी दिएको छ । सोमबार पाकिस्तानमा चार हजार ३४० थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको जनाएको छ ।
पाकिस्तानमा गत २४ घण्टामा परिक्षण गरिएका व्यक्तिहरुमा ८.७ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । यद्यपी पछिल्लो २४ घण्टामा कराँचीमा ३९.३९ प्रतिशतमा संक्रमण दर पुगेको स्वास्थ्य विभागले जनाएको छ । डनका अनुसार ती सङ्क्रमितहरुमा करिब ९५ प्रतिशत ओमिक्रोन भेरियन्टका देखिएको जनाइएको छ ।
अधिकारीहरुले डाक्टर, नर्स र प्यारामेडिकहरुमा बढ्दो संक्रमण संख्या रहेको र यसमा चिन्ता व्यक्त गरेका छन् । यो ५०० भन्दा कम नहुने एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै डनले जनाएको छ । पाकिस्तानमा हालसम्म १३ लाखभन्दा बढी कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । दक्षिण एसियाली देशमा पनि भाइरसका कारण २९ हजार १९ जनाको मृत्यु भएको छ ।
सिन्धको प्रान्तीय सरकारले आइतवार मास्क लगाउन अस्वीकार गर्ने सरकारी कर्मचारीहरूको तलब कटौतीको घोषणा गरेको जियो न्यूजले जनाएको छ । प्रदेशमा बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै उक्त निर्देशन जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ माघ २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल