कपिलको बायोपिकमा को बन्ला कपिल शर्मा ?

एजेन्सी

शनिबार, ०१ माघ २०७८, ०८ : ५७
कपिलको बायोपिकमा को बन्ला कपिल शर्मा ?

एजेन्सी । सोनी टेलिभिजनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । जसको नाम ‘फनकार’ राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो ।

फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो टुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए । जसको निर्देशन अब्बास मस्तानले गरेका थिए । यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा( आई एम नट डन येट’ लिएर आउँदैछन् । जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन् । 

प्रतिक्रिया दिनुहोस