काठमाडौँ । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक अहिले बसिरहेको छ । आयोग कार्यालय कान्तिपथमा केहीबेर अघिबाट सुरू भएको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल भैरहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा नेकपा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी आयोगमा पुगेका छन् भने माओवादी केन्द्रबाट लीलामणि पोखरेललगायत नेता सहभागी छन् ।
त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखक, नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा, नेपाली जनता दलका हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत नेताहरु पनि आयोगमा पुगेका छन् । १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन आयोगको आग्रह
प्रतिनिधिसभा चुनावमा स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो छ: निर्वाचन आयोग
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान