काठमाडौँ । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक अहिले बसिरहेको छ । आयोग कार्यालय कान्तिपथमा केहीबेर अघिबाट सुरू भएको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल भैरहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा नेकपा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी आयोगमा पुगेका छन् भने माओवादी केन्द्रबाट लीलामणि पोखरेललगायत नेता सहभागी छन् ।
त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखक, नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा, नेपाली जनता दलका हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत नेताहरु पनि आयोगमा पुगेका छन् । १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० पुस २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया