धितोपत्र बोर्डमा कसकसको आवेदन ?

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १९ : ४७
धितोपत्र बोर्डमा कसकसको आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएको छन् । आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीको प्रेस संंयोजक गोविन्द रोक्काकाअनुसार डा। गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा। केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याललले आवेदन दिएका छन् । यसअघि आवेदन दिएको आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यले भने यसपटक आवेदन दिएनन् ।

यसअघि आवेदन नदिएका खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले यसपटक थप आवेदन दिए भने अन्य ११ जना यसअघि नै आवेदन दिएका हुन् । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकाले बर्खास्त गरेको थियो ।

त्यससँगै बोर्ड अध्यक्ष नियुक्तिका लागि बनेको सिफरिस समितिले गत कात्तिक ११ गते आवेदन माग गरेको थियो । उक्त सूचना अनुसार १२ जनाले आगवेदन दिएका थिए । तर, मन्त्रीस्तरीय सिफारिस समिति गठन भएको र त्यसले वैधानिकता नपाउने कारण देखाएर मन्त्रिपरिषद्बाट सिफारिस समिति गठन गर्न भन्दै त्यसलाई खारेज गरेर पुनः पुस १५ गते अर्को समितिले सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो।
 

प्रतिक्रिया दिनुहोस