धोबीखोला करिडोरको मन्त्री झाँक्रीले गरिन् अनुगमन

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, ११ : ४७
धोबीखोला करिडोरको मन्त्री झाँक्रीले गरिन् अनुगमन

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बिहान बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो ।

 टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राद्यिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालले जनाएको छ  ।

 अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस