विराटनगर । मोरङको उर्लाबारीमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहान साढे पाँच बजे ट्याक्टरले ठक्कर दिदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षिय बानियाँको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ पुस २०७८, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते