नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

सफल खबर संवाददाता

मंगलबार, २७ पुस २०७८, १९ : ०७
नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

काठमाडौं । नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।  

स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो । 

फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस