भरतपुरमा रहेको मुना बचत ऋण सहकारीबाट ठगिए बचतकर्ता, २ वर्ष बित्दा पनि जम्मा गरेको रकम नपाएको गुनासो

प्रकाश सिग्देल

मंगलबार, २७ पुस २०७८, १५ : ५६
भरतपुरमा रहेको मुना बचत ऋण सहकारीबाट ठगिए बचतकर्ता, २ वर्ष बित्दा पनि जम्मा गरेको रकम नपाएको गुनासो

प्रकाश सिग्देल
चितवन । मुना बचत तथा ऋण सहकारी संस्था भरतपुर १० हाकिम चोकले सयौ बचत कर्ताको लाखौ रुपैया हिनामिना गरेको छ । संस्थामा रकम जम्मा गरेका बचतकर्ताहरुले आफुहरुलाई फकाई फुलाई बचतको नाममा रकम लुटेको गुनासो गरेका छन् । 

रकम बचत गरेका व्यवसायीहरुले सानातिना ब्यवसाय गरेर जम्मा गरेको रकम झिक्न जादा त्यहाँ कार्यरत कर्मचारीले  रकम नै नभएको भनेपछि आफुहरु ठगिएको उनीहरुको भनाई छ । अहिले हुदैन पछि आउनुहोला भनेर फकाउर्दै आएको बचत कर्ताले बताए ।  

एक जना कर्मचारीले हामीले पैसा दिन सक्दैनौ, पुुलिस ल्याएपनि केही हुदैन भनेर उल्टो हप्काएको पैसा झिक्नका लागी पुगेका जितराम महतोले बताए । उनले भने,‘साईकलको पन्चड टालेर जम्मा गरेको पैसा अहिले आवस्यक परेर लिन जादा पैसा छैन्, सकेको गर्नुस भनेर उल्टै आफुलाई पटक पटक धम्काउदै आएको छ ।’ ४३ हजार रुपैया बचतमा जम्मा भएको र यो रकम लिन धाँउदा धाँउदा हैरान भएको उनको भनाई छ ।

पुर्वी चितवन खोले सिमलका गुनालाल थिगं तामागंले बच्चाको नाममा दैनिक १०० का दरले जम्मा गरेको पैसा २ वर्ष देखि नपाएको बताए । २ वर्ष अगाडी खोलेसिमल शाखामा दैनिक १०० का दरले जम्मा गर्दैगर्दा त्यहाँको शाखा बन्द भएको र आफुलाई भरतपुरको कार्यालय बाट पैसा दिने भनेर आश्वासन दिएपनि २ वर्ष यता भरतपुर धाउदा पनि पैसा नपाएको उनको दुखेसो छ । ‘४ हजार रुपैया लिन २ वर्ष देखि धाँउदा त्यो भन्दा धेरै भाडा खर्च भइसक्यो, तर बचत गरेको रकम पाईएन’, उनले भने । 

बचतमा पैसा लिन पुगेकी शाबित्रा श्रेष्ठले झण्डै ३ वर्ष देखि आफुले बचतबाट पैसा नपाएको बताईन । पैसा लिन आउदा फोन गरेर बोलाउछु भन्ने, कहिले यो नम्वरमा फोन गर्नु पैसा तुरुन्तै हालदिन्छु भन्ने कहिले पैसा बाँडेको छैन् भनेर फकाउने अनेक दुख दिएको उनको भनाई छ ।

यहा संचालक समिति पनि फेला नपर्ने र एक दुई जना कर्मचारी मात्रै भेटिने उनीहरुले संचालक समितिसंग कुरा गर्नु पैसा छैन् भन्दै सोझालाई धम्काउने र अरु टाठाबाठालाई भोली भोली भन्दै फर्काउने गरेको उनले बताइन् । भरतपुरको मुख्य स्थान जिल्ला प्रशासनको नजिकै रहेको सहकारीले यसरी सयौ मान्छेलाई लुट्दा पनि प्रशासन मौन बसेको भन्दै बचतकर्ताहरु आक्रोशित बनेका छन् ।

त्यहाँ कार्यरत कर्मचारीहरुले आफुहरुले पनि जागिर छाड्न थालेको र धेरैले जागीर छाडेको बताए । आफुहरुलाई पनि तलव नदिएको उनीहरुको गुनासो छ । यो बिषयमा बुझ्न बचतका अध्यक्ष समिक तामागं लाई फोन गर्दा आफु ब्यस्त रहेको र पछि फोन गर्छु भन्दै कुरा गर्न चाहेन्न । यो संस्थाले खोलेसिमलमा अनुमति बिना शाखा संचालन गरेको पाईएपछि यसलाई प्रशासनले बन्द समेत गराएको थियो । 

प्रतिक्रिया दिनुहोस