जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १४ : २४
जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । 

अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम-अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ ।  मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् ।

सर्वियन खेलाडी जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड-१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको थियो । बिहीबारै अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दर्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस