हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १७ : ०९
हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन भएको छ । प्रतियोगिता रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पौष २३ गतेदेखि २४ गते सम्म सम्पन्न भएको हो । स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार हात पार्न सफल भए । 

यसै गरी महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भईन भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भईन । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए । 

यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ बिजयी हुन सफल हुँदा महिला जुनियरको उपाधि अन्भदया मल्लले १८ अंकका साथ जित्न सफल भईन । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत त्था संचालक विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए ।

उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, संचालक विजय बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित समाजका प्रतिष्ठित व्यक्तित्वहरु र प्रतिष्ठित व्यावसायिक छवि भएका व्यक्तिहरुको उपस्थिति रहेका थियो । 


 

प्रतिक्रिया दिनुहोस