‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, ११ : ५०
‘ए’ डिभिजन लिग : आज एक खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ भने शेर्पा पनि थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।

थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । यस्तै, शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस