भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

एजेन्सी

आइतबार, २५ पुस २०७८, ०८ : ५४
भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

एजेन्सी । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । 

प्रतिक्रिया दिनुहोस