काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ। सवारीसाधनलगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैङ्कले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्वस्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ।
राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०७८ मा विभिन्न १६ वटा बुँदामा उल्लेख भएका खाद्य तथा पेय पदार्थको आयातमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैङ्कले खाद्यान्न÷अन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दूध तथा दूधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादन आयात गर्दा पूर्वस्वीकृतिको आवश्यक पर्ने जनाएको छ। त्यस्तै फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्समा पनि यस्तो व्यवस्था गरको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ पुस २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने
राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क