काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए ।
विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अवको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहो¥याए ।
उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए । महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५÷३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०÷१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ । धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं । जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रो तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अव सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होईन, सोलुशन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’ जसले पनि देखाउन सक्छ । ‘प्रवलम’ देखाउने बहादुर होइन् सोलुशन खोज्ने मानिस बहादुर हो ।’
महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ: गगन थापा
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा