काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए ।
विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अवको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहो¥याए ।
उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए । महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५÷३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०÷१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ । धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं । जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रो तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अव सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होईन, सोलुशन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’ जसले पनि देखाउन सक्छ । ‘प्रवलम’ देखाउने बहादुर होइन् सोलुशन खोज्ने मानिस बहादुर हो ।’
महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँलाई मधेशसँग जोड्न कमलपोखरीमा छठ पूजा आफूले सुरु गरेको गगन थापाको दाबी
गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य
गगन थापाको डिजिटल नेपाल खाका : पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा
‘संविधान र देश जोगाउन पनि काँग्रेसलाई भोट हाल्नुपर्छ’ : गगन थापा