एजेन्सी । पाकिस्तानको उत्तरी क्षेत्रमा भारी हिमपातपछि कठ्याङ्ग्रिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सेनाले सडकहरू खाली गर्ने प्रयास गरिरहेको छ भने मुरीको पहाडी शहर नजिकै फसेका मानिसहरूलाई उद्धार गरिरहेको छ । इस्लामाबाद–मुरी राष्ट्रिय राजमार्गलाई बन्द गर्दै सो आसपासका जिल्लामा आपतकाल घोषणा गरिएको छ ।
आन्तरिकमन्त्री शेख रसिदका अनुसार हिमपातका कारण करिब १ हजार सवारी साधन राजमार्गमा फसेका थिए । राजधानी इस्लामावादको उत्तरमा रहेको पर्यटकीय क्षेत्र मुरीमा थुप्रै पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
हालैका दिनहरूमा असामान्य रूपमा भारी हिमपात हेर्न १ लाख भन्दा बढी कारहरू मुरी प्रवेश गरेका थिए । यसले शहरभित्र र बाहिर जाने सडकहरूमा ठूलो ट्राफिक जाम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ पुस २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल