काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ ।
दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।
यस्तै, पोखरा रंगशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । मनाङ अंक तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अंक छ । च्यासल ७ खेलमा पाँच अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
दशरथ रंगशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम क्लब (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौं स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अंक छ । समान खेलमा ११ अंक रहेको त्रिभुवन आर्मी तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ पुस २०७८, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ए’ डिभिजन लिग : आर्मीकाे सहज जित
फ्रेन्ड्सलाई हराउदै जावलाखेल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा
‘ए’ डिभिजन लिगमा आज १६ औं चरणका खेल हुने
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी
‘ए’ डिभिजन लिग अन्तर्गत नवौं चरणका ३ खेल आज हुँदै
मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त