शरीरको तौल घटाउन कस्तो योगहरु गर्ने ?

सफल खबर संवाददाता

शनिबार, २४ पुस २०७८, १२ : १४
शरीरको तौल घटाउन कस्तो योगहरु गर्ने ?

चन्द्र कटुवाल

चिकित्सकको भाषा अनुसार मोटोपन एउटा रोग हो । जुन शरीरलाई चाहिने भन्दा बढि क्यालोरी खानाले हुने गर्दछ । यसका कारकहरु मध्ये केहि कारणहरु जस्तै योग अभ्यास को कमि, स्वस्थ जीवनशैलीको कमि, खानपानमा ध्यान नदिनु,एन्टिडिप्रेसान्ट औषधीहरुको प्रयोग तथा बंशाणुगत जस्ता थुप्रै कारणहरु रहेका छन् । यसको समयमै उचित व्यवस्थापन गर्न सकिएन भने यसले निम्त्याउने समस्याहरु जस्तै मधुमेह, उच्चरक्तचाप, गर्भावस्थामा समस्या, बाँझोपन तथा चाडै मृत्यु जस्ता समस्याहरु आउँछन् । खासमा भन्नेहो भने मोटोपनलाई रोगहरुको पोको भन्नपनि सकिन्छ ।

मोटोपनको व्यवस्थापन

जीवनशैली परिवर्तनले यसको व्यवस्थापन गर्न सकिन्छ । आजभोलि त झन् जीवनशैली लाईनै औषधीको रुपमा मानिन थालिएको छ । यसको व्यवस्थापनको लागि शारीरिक कसरत देखि लिएर सर्जरी सम्म गर्न सकिन्छ ।

योग अभ्यासले तुरुन्तै लाभ दिने र यसले केवल मोटोमन मात्र व्यवस्थापन नभएर मानसिक भावनात्मक तथा आध्यात्मिक स्वास्थ्यको पनि सन्तुलन गर्ने भएकोले दिनप्रतिदिन योगको माग बढिरहेको छ ।

योग

योगमा बिभिन्न चरणहरु रहेका हुन्छन् । शरीर तताउने देखि लिएर शरीर चिसाउने सम्म प्रक्रियाहरु रहेका हुन्छन । योग भन्नाले धेरैजसो त्यहि आशनमात्र बुझ्ने गरेको पाईएको छ । अलि –अलि एक दुई आशनहरु मात्र गर्ने । त्यो पनि बिधि नपुर्‍याएर गर्ने । योगासन आफ्नो लागि भन्दा पनि देखाउनको लागि गर्ने भएमा यो तौल घटाउनमा कारगर मानिदैन । त्यसैले प्रायजसो तौल घटाउने आशनहरु डाईनामिक तरिकाले गरिन्छ । शरीर लाई चालमा ल्याउनको लागि सर्वप्रथम सुक्ष्म व्यायमहरु गरिन्छ । शुक्ष्म व्यायमहरु शिरदेखि पाउ सम्मका हुन्छन् । शिर घुमाउनेदेखि लिएर खुट्टाका औलाहरु घुमाउने सम्म पर्दछ । शुक्ष्म व्यायम सकिसकेपछि योगिक जगिङ गर्नुपर्छ ।

योगिक व्यायमहरु

. योगिक जगिङ (यसमा अगाडि पछाडि दायाँ बायाँ मोडियर) गर्न सकिन्छ । यो १ सय पटक सम्म गर्न सकिन्छ ।

२. अगाडि पछाडि झुक्ने, यो १० पटकसम्म गर्न सकिन्छ ।

३. दायाँ बायाँ झुक्ने, यो १० पटकसम्म गर्न सकिन्छ ।

४. अगाडिबाट खुट्टाको बुढिऔंला छुने पनि १० पटकसम्म गर्न सकिन्छ ।

. पछाडीबाट कुर्कुच्चा छुने, यो १० पटकसम्म गर्न सकिन्छ ।

. कम्मर घुमाउने पनि १० पटकसम्म गर्न सकिन्छ ।

सूर्य नमस्कार

यो निकै प्रचलित रहेको छ । यसका बिभिन्न स्कूलहरुले भेरियसन पनि थपेका छन् । तर पनि सबैभन्दा बढि प्रचलित परम्परागत सूर्य नमस्कार रहेको छ । यसका १२ वटा स्टेपहरु र १२ वटा आशनहरु रहेका छन । यसलाई छिटो –छिटो गरेर व्यायमको रुपमा पनि गर्न सकिन्छ । बिस्तारै आशनको रुपमा पनि गर्न सकिन्छ । यो ६ देखि १२ पटकसम्म गर्नु उत्तम मानिन्छ ।
आशनहरु
मोटोपन घटाउनको लागि डाईनामिक आशनहरु उपयोगि हुन्छन् । प्रायःजसो उभिएर गरिने आशनहरुले बढि क्यालोरी खपत गर्ने हुनाले पनि उभिएर गर्ने तथा छिटो– छिटो गरिने आशनहरुका साथै वेलि फ्याट घटाउने आशनहरु बढि लाभकारी मानिन्छन् । आशनहरु विभिन्न तरिकाले गरिने हुन्छन् । खासमा आशनहरुलाई चार भागमा बाडिन्छ ।

१. उठेर गरिने आशन हरु : जस्तै त्रियक ताडासन, त्रिकोणासन, पादहस्तासन, कटिचक्रासन हस्तउत्तानासन आदि ।

. बसेर गरिने आशनहरुः जस्तै पश्चिमोत्तानासन, चक्किआसन, स्थित कोणासन, नौकासन बक्रासन, गौमुखासन जानुशिरासन आदि ।

. पेटको बलले अर्थात घोप्टो परेर गरिने आसनहरुः त्रियक भुजङ्गासन, सल्भासन र यसका भेरियसन, विपरित नौकासन, धनुरासन, पार्श्वधनुरासन आदि ।

४. उत्तानो परेर अर्थात ढाडको बलले गरिने आसनहरुः अर्धहलानस, पवनमुक्तासन पादवृतासन, दुईचक्रिय आशन,सर्वाङ्गासन र सवासन आदि ।

यसको साथै मोटोपन घटाउनमा लाभदायी केहि प्राणायामहरु निम्न रहेका छन ।

.भस्त्रिका ।

.अनुलोमविलोम ।

.नाडिसुद्दि ।

४.कपालभाँती ।

५.भ्रामरी ।

ध्यान

ध्यानले पनि मोटोपन घटाउन मद्दत गर्दछ । यसमा अकार उच्चारण त्यसको लागि पहिले गहिरो स्वास तान्ने र विस्तारै अ उच्चारण गर्ने यो अर्थात मुखमा अको ध्वनि निकाल्ने र तिन पटक सम्म गर्ने । त्यसपछि उकार तिनपटक सम्म गर्ने । म कार तिन पटक सम्म गर्ने र अन्त्यमा तिनपटक सम्म ॐकार को उच्चारण गर्ने ।

क्रियाहरु

हामी खासमा मोटोपन घटाउन आशनले मात्र हुन्छ भन्ने सोच्छौ । तर तौल घटाउनको लागि एकिकृत पद्दति अपनाउन जरुरी देखिन्छ । तौल घटाउनको लागि एउटा पाटोमात्र पर्याप्त छैन । यसको लागि समग्र योगको पद्दति अपनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस