चलचित्र ‘लम्फु’को टिम चितवनमा

बुधबार, १९ बैशाख २०७५, १९ : १९
चलचित्र ‘लम्फु’को टिम चितवनमा

चितवन । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लम्फु’को टिम चितवन आई पुगेको छ । चलचित्रमा सामाजिक संजालमा भाईरल भएकी कुशुम श्रेष्ठ उर्फ ‘तरकारीवाली’ ले अभिनय गरेको डेब्यु फिल्म भएकाले ‘लम्फु’को लामो समय अघि देखि चर्चा छ ।
चितवनको पत्रकार सम्मेलनमा कुशुम श्रेष्ठ ‘तरकारीवाली’ उपस्थित भएकी थिईन् । कक्षा १२ को परिक्षा दिदै गरेकी कुशुम फिल्मको प्रचार प्रसारमा देश दैडा ननिस्किए पनि चितवनमै अध्ययन गरिरहेको भएकाले चितवनको पत्रकार सम्मेलनमा उपस्थित थिईन् ।
पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको भूमिकाको बारेमा बोल्दै ‘तरकारीवाली’ ले चलचित्रमा मुख्य भुमिकामा नरहेपनि सामाजिक उत्प्रेरणा दिने छोटो मिठो अभिनय रहेको बताईन । फिल्म प्रेम कथामा आधारित भएकाले ‘तरकारीवाली’ को भुमिका पनि प्रमिकाको रुपमा रहेको निर्माण युनिटले जानकारी दिएको छ ।
चलचित्रका निर्माता शक्ति बल्लव घोरासैनी, निर्देशक गोपाल चन्द्र लामिछाने, नायक कबिर खड्का, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्देशक लामिछानेले कुसुमले सुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताए पनि ‘लम्फू’ टिमको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाको लागि छात्रावृत्ति प्रदान गरेको कारण अभिनय गरेको बताए ।
पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको चलचित्रमा कविर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, सञ्जित भण्डारी, चाँदनी शर्मा, कुशुम श्रेष्ठ ,ओम गुरुङ, कुशाग्र भट्टराई, आयन खड्का, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र वैशाख २८ गते बाट देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ ।


 

प्रतिक्रिया दिनुहोस