'कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गर्दैछु'

पत्रपत्रिकाबाट

शनिबार, २४ पुस २०७८, ०७ : ५१
'कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गर्दैछु'

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्।

गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताएका हुन्।

उनले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए। उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए।  

गृहमन्त्री खाँणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ। हेर्दा सजिलो छ। १० बजे पुग्नलाई ९ बजे खानुपर्छ। ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ। अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ। राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन।

कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस्।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस