गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् । उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’
आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो’, उनले भने ।
थापाले पार्टीका नेता कार्यकर्तालाई विधान अनुसार गतिविधि गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड